उपत्यकामा सक्रियसंक्रमितको संख्या ८ हजार ८६३ काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरम सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८६३ जना रहेको जनाएको छ। सक्रिय संक्रमितमध्ये ४ हजार ४८३ जना काठमाडौंमा, दुई हजार ४९३ जना ललितपुरमा र एक हजार ८८७ जना भक्तपुरमा रहेका छन्। पछिल्ला दिन उपत्यकामा संक्रमितको संख्या घट्न थालेपछि निषेधाज्ञा पनि केही खुकुलो बनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्