राष्ट्रगानका गायकमध्येका एक अजय थापाको कोरोना संक्रमणबाट मृत्यु
रासस। नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज कोरोना संक्रमणका कारण झापामा मृत्यु भएको छ। मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचाररत उनको आज बिहान ६ः००बजे मृत्यु भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस्