काठमाडौं उपत्यकामा ८ हजार ६१६ जना सक्रिय संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ६१६ जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ४ हजार ३११ जना, ललितपुरमा २ हजार ४४२ जना र भक्तपुरमा १ हजार ८६३ जना रहेका छन्। काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्