रुसमा दैनिक २० हजार भन्दा बढी कोरोना सङ्क्रमित
एजेन्सी। रुसमा शुक्रबार पनि २० हजारजना भन्दा बढी नागरिकमा कोरोना सङ्क्रमण भएको बताइएको छ। रुसमा गएको २४ घन्टा यता२० हजार ३९३ जना नागरिक सङ्क्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरुलाइ रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिए। योसमेत गरी रुसमा हाल ५४ लाख९ हजारजना भन्दा बढी कोरोना संक्रमितहरु भेटिएका बताइएको छ। त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि छसय जनाको ज्यान गएको छ।
प्रतिक्रिया दिनुहोस्