भारतमा तीन महिनाभित्र तेस्रो लहर आउन सक्ने
बीबीसी। विज्ञहरुले अबको १० देखि १२ साता भित्र भारतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने बताएका छन्। डेल्टा प्लस भेरिएन्टले तेस्रो लहर ल्याउने अनुमान गरिएको छ, जुन भेरिएन्ट भारतमा फैलदो क्रममा छ। “देशको अझै पनि ठूलो जनसंख्या कोरोना जोखिममा छ। यदि खोप अभियानको गति बढाइएन भने यो जनसंख्यामा असर गर्नसक्छ”, सार्वजनीक नीति तथा स्वास्थ्य प्रणाली विज्ञ डा.चन्द्रकान्त लहरियाले भने।
प्रतिक्रिया दिनुहोस्