कोरोना संक्रमणका कारण विश्वमा थप ८ हजार ४१६ जनाको मृत्यु
काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ८ हजार ४१६ जनाको मृत्यु भएको छ। सबैभन्दा बढीको मृत्यु ब्राजिलमा भएको छ। ब्राजिलमा सो अवधिमा १ हजार ९९० जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार २४ घण्टामा भारतमा १ हजार १८६, अमेरिकामा ३७७, कोलम्बियामा ६८५,रुसमा ६०१ र अर्जेन्टिनामा ५४१, इन्डोनेसियामा ४२२,मेक्सिकोमा २२१, चिलीमा २१५ र दक्षिण अफ्रिकामा २१५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्