देशभर कोरोना संक्रमणबाट ३० जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या आठ हजार ९७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म छ लाख ६३ हजार ८५७ जनामा संक्रमण पुष्टि भइसकेको छ। हाल नेपालमा कोरोनाको मृत्युदर ६ दशमलव ६५ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस्