उपत्यकामा आज थपिए कोरोनाका २४९ संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोनाका २४९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन्। उपत्यकामा हालसम्म तीन लाख ७१ हजार १२५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने दुई लाख ५१ हजार १७२ जना संक्रमित निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्