कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भए सुर्खेत। कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। कुल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् ९१ प्रतिशतले कोरोना जितेका छन्। आइसोलेशनमा एक हजार २३० जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्