कोरोना संक्रमणबाट विश्वमा ५ हजार ९६० जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ५ हजार ९६० जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा ९८१ जनाको मृत्यु भएको छ भने ४६ हजार ६४३ जना संक्रमित थपिएका छन्। यस्तै ब्राजिलमा ७२५, रुसमा ५९९, कोलम्बियामा ६६४, इन्डोनेसियामा ४०९, अर्जेन्टिनामा २५१, मेक्सिकोमा १७५, इरानमा १३४, दक्षिण अफ्रिकामा १२२, चिलीमा १३५, फिलिपिन्समा १२८, बंगलादेशमा ११९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्