उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ३३०
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ३३० जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ४ हजार ५७३ जना, ललितपुरमा दुई हजार १०७ जना र भक्तपुरमा एक हजार ६५० जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस्