कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनको संख्या ९ हजार ११२ पुगेको छ। नेपालमा कोरोनाका मृत्युदर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ७३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्