७५३ स्थानीय तहलाई १६ लाख एन्टीजेन किट वितरण, दुई लाखको पनि रिपोर्ट आएन
काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकारले सबै ७५३ स्थानीय तहमा एन्टीजेन किट पठाएको भए पनि सम्भावित संक्रमितको परीक्षण भने हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहलाई सोह्रलाख थान एन्टीजेन किट पठाएको थियो। तीमध्ये हालसम्म एक लाख ८८ हजार८११ जनाको परीक्षण रिपोर्ट मात्र आएको छ। मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलकाअनुसार धेरैभन्दा धेरैको परिक्षण होस् भनेर एन्टीजेन किट पठाइएको थियो।
प्रतिक्रिया दिनुहोस्