राष्ट्रियसभाको आठौं अधिवेशनको पहिलो बैठक, १२ वटा अध्यादेश पेश हुने
काठमाडौं। राष्ट्रियसभाको आठौं अधिवेशन बिहीबारबाट सुरु हुँदैछ। पहिलो बैठकमा सरकारले विभिन्न समयमा जारी गरेको १२ वटा अध्यादेश पेश गर्ने कार्यसूचि रहेको छ। प्रधानमन्त्रीले २ वटा, गृहमन्त्री विष्णुप्रसाद पौडेलले ५ वटा, कानून मन्त्री लिलानाथ श्रेष्ठले २ वटा र स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले ३ वटा अध्यादेश बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस्