आज सबैभन्दा बढी कोरोना संक्रमण दर कर्णालीमा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले पछिल्लो चौबिस घण्टामा देशभर गरिएको कोरोना परीक्षणमा सबैभन्दा बढी संक्रमणदर कर्णाली प्रदेशमा देखिएको बताए। सो अवधिमा कर्णाली प्रदेशमा गरिएको ६० जनाको परीक्षणमा २२ जनामा संक्रमण देखिएको थियो। अर्थात् ३६.७ प्रतिशतमा संक्रमण पुष्टी भएको छ। कर्णालीपछि प्रदेश १मा ३४ प्रतिशतमा संक्रमण देखिएको छ। पौडेलका अनुसार गण्डकीमा २९.७ प्रतिशतम कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्