देशभित्र निषेधाज्ञा खुकुलो भएपछि भारतबाट फर्किने नेपालीको संख्या बढ्यो
काठमाडौं। देशका विभिन्न जिल्लामा जारी गरिएका निषेधाज्ञा पछिल्ला दिनमा केही खुकुलो गरिएसँगै भारतबाट स्वदेश फर्कने नेपालीको संख्या बढेको छ। गृह मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न १५ सीमा नाकाबाट तीनहजार ४१ जना नेपाली भारतबाट स्वदेश फर्केका छन्। सोमबार र मंगलबार भारतबाट स्वदेश फर्किने नेपालीको संख्या साढे २ हजारको हाराहारीमा थियो। स्वदेश फर्कनेलाई सीमा नाकामा स्वास्थ्य मापदण्ड पालना गरी प्रवेश गराइएको छ।
प्रतिक्रिया दिनुहोस्