कोरोना संक्रमणका कारण थप ३३ जनाको मृत्यु
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको बताएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ७६ हजार ५ सय ९ जनामा कोरोना पुष्टी भएको छ।
प्रतिक्रिया दिनुहोस्