यी १५ जिल्लामा छन् कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १५ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। पछिल्ला दिन पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या क्रमस घट्दै गएको छ। आज मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, नवलपरासी(पूर्व), रुपन्देही र सुर्खेतमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्