युरोपेली देशहरुमा फेरि बढ्यो संक्रमितहरुको संख्या एजेन्सी। युरोपेली देशहरुमा कोरोना संक्रमितहरुको संख्या फेरि वृद्धि हुन थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि संक्रमितको संख्यामा वृद्धि भएको बिहीबार जानकारी दिएको हो। एब्लुएचओले संक्रमितको संख्यामा फेरि वृद्धि हुँदा अर्काे चरणको महामारी सुरु हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ। कोरोना महामारी फैलन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलने खतरा रहकाले सतर्क हुनुपर्नेमा संगठनको जोड छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्