विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन
एजेन्सी। कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ। कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र विश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’मा प्रकाशित रिपोर्टमा उल्लेख छ। स्नातक र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले असामान्य मृत्यु र क्षति भोग्नुपरेको अध्ययनले देखाएको छ।
प्रतिक्रिया दिनुहोस्