कोरोना संक्रमणका काराण विश्वभर थप ८ हजार २५४ जनाको मृत्यु
काठमाडौं। बितेको चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वभर ८ हजार २५४ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढीको मृत्यु ब्राजिलमा भएको छ। सो अवधिमा ब्राजिलमा १ हजार ८७९ जनाको मृत्यु भएको छ। यस्तै, सोही अवधिमा भारतमा ७९७, रुसमा ६७९, अमेरिकामा ३२२, अर्जेन्टिनामा ६१०, कोलम्बियामा ५८६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्