उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजारबाट तल झर्यो काठमाडौं। काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको सख्ंया ८ हजारबाट तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ५५ रहेको छ। यीमध्ये काठमाडौंमा ५ हजार ५१ जना, ललितपुरमा १ हजार ६ सय ९४ जना र भक्तपुरमा १ हजार २१० जना रहेको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्