देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७९
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार १७९ रहेको जनाएको छ। देशभर रहेका सक्रिय संक्रमितमध्ये २३ हजार २ सय २८ जना होम आइसोलेसनमा रहेका छन्। २ हजार ९ सय ५१ जना संस्थागत आइसोलेसन (अस्पताल)मा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ६ सय ८ जना आइसीयू र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्