युनाईटेड सिमेन्टले पायो ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र काठमाडौं। युनाइटेड सिमेन्टले नेपाल गुणस्तर (एनएस)बाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। यस्तो ग्रेड प्राप्त गर्ने कम्पनी हरेक प्रकारले निर्माणमा गुणस्तर रहेको कम्पनी हो। आफ्नो खानीको चुनढुंगा प्रयोग गरेर विभिन्न उत्पादन गर्दै आएको यस कम्पनीले पछिलो ६वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आइरहेको हो। घर निर्माणदेखि हाइड्रो पावर ड्याम,टनेल, पुलहरु,बाटो निर्माण जस्ता विभिन्न काममा यो सिमेन्ट प्रयोग भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्