बंगलादेशमा एकैदिन थपिए छ हजारभन्दा बढी संक्रमित एजेन्सी। बंगलादेशमा पछिल्लो २४ घण्टामा कोरोनाका छ हजार २१४ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै बंगलादेशमा कुल संक्रमितको संख्या नौ लाख ३६ हजार १३४ पुगेको छ। पछिल्लो २४ घण्टामा १३४ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा २२ हजार २८७ जनाको नमुना परीक्षण गरिएको थियो। हालसम्म यहाँ आठ लाख २९ हजार १९९ जना संक्रमणमुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्