देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६९०
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ६ सय ९० जना रहेको बताएको छ। संक्रिय संक्रमितमध्ये २२ हजार ९ सय ९८ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै, २ हजार ६ सय ९२ जना संस्थागत आइसोलेसन (अस्पताल) रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ५ सय ७१ जना आइसीयूमा र १ सय ८० जना भेन्टिलेटरमा उपचारत छन्।
प्रतिक्रिया दिनुहोस्