उपत्यकामा थपिए ५६२ संक्रमित
काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा थप ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौं उपत्यकामा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ९४ पुगेको छ। थपिएकामध्ये ३ सय ७८ जना काठमाडौंमा, १ सय २४ जना ललितपुरमा र ६० जना भक्तपुरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्