काठमाडौं उपत्यकामा थपिए ४९९ जना संक्रमित
काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौंमा ४ सय ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंमा ३ सय ६५ जना, ललितपुरमा १ सय ५ जना र भक्तपुरमा २९ जना रहेका छन्। योसँगै काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २ लाख ६७ हजार ९३ जना पुगेको छ।
प्रतिक्रिया दिनुहोस्