कोरोनाबाट थप २८ जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण नौ हजार २९१ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कुल संक्रमितको संख्या छ लाख ९० हजार ९७४ पुगिसकेको छ। बन्दाबन्दी केही खुकुलो भएसँगै हाल नेपालमा संक्रमितको संख्या बढ्दो छ।
प्रतिक्रिया दिनुहोस्