ब्राजिलमा कोभिडबाट एकैदिन एक हजार २०० भन्दा बढीको मृत्यु एजेन्सी। ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ। आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले एकै दिन एक हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको बताएका हुन्। योसँगै ब्राजिलमा अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजारभन्दा बढी पुगेको बताइएको छ। त्यस्तै बितेको २४ घन्टामा ४८ हजार जना भन्दा बढी संक्रमित भेटिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्