नेपालमा कोरोनाको कारण मृत्यु हुनेमा ६० उमेरभन्दा माथिका धेरै काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा ६० र ६० भन्दा माथि उमेरका मानिस धेरै रहेका छन्। मन्त्रालयका अनुसार यो उमेरका ५ हजार ३२ जनाले हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। हालसम्म नेपालमा ६ लाख ९९ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यीमध्ये ९ हजार ३८२ जनाले ज्यान गुमाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्