काठमाडौं उपत्यकामा थपिए ४३३ जना कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चोबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाभित्र काठमाडौंमा २८९ जना, ललितपुरमा ९० जना र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ६९ हजार ९८१ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्