इराकको एक कोरोना अस्पतालमा आगलागी, ४४ जनाको मृत्यु एजेन्सी।इराकको दक्षिणी सहर नासिरियामा एक कोरोना अस्पतालमा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ।अक्सिजनको ट्याङ्कर विस्फोट भएसँगै आगलागी सुरु भएको थियो।आगलागीमा परी ६७ जना घाइते भएको अस्पताल प्रशासनले जनाएको छ।घटनालगत्तै प्रधानमन्त्री मुस्तफा अल–कादिमीले आपत्कालीन बैठक बोलाई दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्।कोरोना संक्रमणबाट इराकमा हालसम्म १७ हजार ५९२ जनाको मृत्यु भइसकेको छ भने १४ लाखभन्दा बढी संक्रमित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्