पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण विश्वभर ८ हजार ४७५ जनाले गुमाए ज्यान
काठमाडौं। बितेको चौबिस घण्टामा विश्वभर कोरोना संक्रमणका कारण ८ हजार ४७५ जनाले ज्यान गुमाएका छन्। वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना कारण मृत्यु हुनेको संख्या ४० लाख ९१ हजार ३११ पुगेको छ। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी ब्राजिलमा एकहजार ४५० जनाको मृत्यु भएको छ। सोही अवधिमा रुसमा७९९, भारतमा ५६०, कोलम्बियामा पाँचसय, इन्डोनेसियामा एकहजार २०५ र अर्जेन्टिनामा ४६३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्