बेलायतमा ६ महिनापछि एकैदिन थपिए ५० हजारभन्दा बढी कोरेना संक्रमित काठमाडौं।बेलायतमा फेरि कोरोना भाइरसको संक्रमण फैलिएको छ। विज्ञहरुले यसलाई तेस्रो लहरको सुरुवात भनेका छन्।वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा बेलायमा थप ५४ हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ।सोही अवधिमा कोरोनाका कारण बेलायतमा ४१ जनाले ज्यान गुमाएका छन्।यसअघि गत जनवरी १५ मा बेलायतमा एकैदिन ५५ हजार ५५३ जना संक्रमित थपिएका थिए। त्यसपछि बेलायतमा एकैदिन थपिने संक्रमितको संख्या ५० हजारभन्दा माथि पुगेको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्