देशभर कोरोना संक्रमणका कारण आज थप ३२ जनाको मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख १८ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्