अमेरिकी प्रतिवेदन भन्छ– भारतले मृत्युको संख्या लुकायो, कोरोनाबाट ३४ देखि ४७ लाख भारतीयको मृत्यु
एजेन्सी।अमेरिकी ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ नामक संस्थाले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भारतले कोरोनाबाट भएको मृत्युको संख्या लुकाएको आरोप लगाएको छ।उक्त संस्थाले भारतले सार्वजनिक गरेको तथ्याङ्कभन्दा १० गुणा बढीको मृत्यु भारतमा भएको दाबी गरेको छ।भारतमा हालसम्म ३४ देखि ४७ लाख जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।भारतले हालसम्म कोरोनाका कारण ४ लाख १८ हजार ५११ जनाको मृत्यु भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्