४० करोड भारतीयमा अझै पनि कोरोना संक्रमणको खतराः आइसीएमआर एजेन्सी।इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसीएमआर)ले ४० करोड भारतीयमा अझै पनि कोरोना संक्रमणको खतरा रहेको बताएको छ।जुन र जुलाईको बीचमा भारतका २१ प्रदेशका ७० जिल्लामा गरिएको अध्ययनले यो खतरा देखाएको आइसीएमआरका महानिर्देशक बलराम भार्गवले जानकारी दिए।ठूलो जोखिम बाँकी नै रहेकोले खोप नलगाई यात्रामा ननिस्कन उनले अनुरोध गरेका छन्।सामाजिक दुरी कायम राख्न र धार्मिक तथा राजनीतिक भीडभाडमा नजानपनि उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्