काठमाडौं उपत्यकामा थपिए ६९७ जना कोरोना संक्रमित
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चोबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ६ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाभित्र काठमाडौंमा ४९० जना, ललितपुरमा १२८ जना र भक्तपुरमा ७९ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ७३ हजार २३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्