उपत्यकामा थपिए ७ सय ५१ नयाँ संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ५ सय ३६, ललितपुरमा एक सय ३० र भक्तपुरमा ८५ जना संक्रमित थपिएका हुन्। कोरोनाको नियन्त्रणका लागि गरिएको निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले बताएका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्