कोरोनाका कारण विश्वमा थप ८ हजार ४९१ जनाको मृत्यु काठमाडौं। बितेको २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ४९१ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सो अवधिमा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४४९ जनाको मृत्यु भएको छ। त्यसपछि मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा १ हजार ४४४ छ। रुसमा ७९६, भारतमा ४८१, अमेरिकामा ३५०, कोलम्बियामा ३५४, मेक्सिकोमा ३९३ र दक्षिण अफ्रिकामा ४३३ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्