काठमाडौंमा आज थपिए ४ सय २१ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख १२ हजार ९८३ पुगेको छ। यीमध्ये २ लाख ५ हजार ४६१ जना निको भइसकेका छन भने १ हजार ९४८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ५७४ रहेको छ।
प्रतिक्रिया दिनुहोस्