कोरेनाका कारण थप ६ हजार ६३५ जनाको मृत्यु
काठमाडौं।कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा विश्वमा थप ६ हजार ६३५ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ७४ हजार ६४३ पुगेका छ।पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २६६ जनाको मृत्यु भएको छ। सोही अवधिमा भारतमा ४११, ब्राजिलमा ४९९, रुसमा ७७९, कोलम्बियामा ३३० र मेक्सिकोमा ३६२ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्