भारतमा चार महिनापछि दैनिक थपिने कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम
एजेन्सी।भारतमा चार महिनापछि दैनिक कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम पाइएको छ।पछिल्लो २४ घण्टामा २९ हजार ६८९ जनामा कोरोना पुष्टि भएको छ।सोही अवधिमा ४२ हजार ३६३ संक्रमित निको भएका थिए।हाल भारतमा कोरोना पोजेटिभ दर १.७३ प्रतिशत छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल भारतमा थपिने संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी छ। भारतमा रहेका संक्रमितमध्ये ९७.३९ प्रतिशत निको भएका छन्।
प्रतिक्रिया दिनुहोस्