कोरोना संक्रमित बढेपछि बैंकक विमानस्थललाई कोभिड–१९ अस्पतालमा रुपान्तरण गरियो
सीएनएन। थाइल्याण्डमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि बैंकक विमानस्थललाई कोभिड–१९ अस्पतालमा रुपान्तरण गरिएको छ। बैंककको डन मुआङ विमानस्थलको वेयर हाउसलाई १ हजार ८ सय बेडको फिल्ड अस्पतालमा रुपान्तरण गरिएको हो। यसलाई ‘लेभल वान प्लस’ अस्पताल रुपमा तत्कालै निर्माण गरिएको हो। अस्पतालमा कोरोनाका सामान्य बिरामीलाई राखिने बताइएको छ। थाईल्याण्डमा पछिल्लो २४ घण्टामा मात्र साढे १६ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्