मकवानपुरको एउटै कारागारका ३५५ कैदीमा कोरोना
काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा ३५५ जनाको पोजेटिभ रिपोर्ट देखिएको कारागार व्यवस्थापनले बताए। कारागारका प्रमुख नारायण पाण्डेका अनुसार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा खोप लगाएका र नलगाएका दुवै थरीलाई कोरोना देखिएको हो। कारागारमा रहेका केही कैदीलाई नख्खुमा सार्नका लागि परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्