प्रदेश १ मा थपिए एक हजार १४४ संक्रमित काठमाडौँ। आज प्रदेश १ मा एक हजार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेशमा एक हजार ९६७ जनाको पीसीआर परीक्षणमा ५८० जना र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणमा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्