विश्वमा थपिए साढे ४ लाखभन्दा बढी नयाँ संक्रमित काठमाडौं।विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख ६१ हजार ९६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ८९ लाख ७२ हजार १७९ पुगेको छ।बितेको २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भारतमा ४० हजार ७८४ जना थपिएका छन्।यस्तै इन्डोनेसियामा ३० हजार ७३८, बेलायतमा २४ हजार ४७० र रुसमा २२ हजार ८०४ जना थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्