वैदेशिक रोजगारीमा जानेले कोरोना खोप प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण गर्न नपर्ने काठमाडौं। वैदेशिक रोजगारी तथा अन्य प्रयोजनको लागि विदेश जानेहरुले कोरोना खोपको प्रमणपत्रको कन्सुलर प्रमाणीकरण गर्न नपर्ने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले विज्ञप्ति जारी गर्दै कोरोना खोपको प्रमाणपत्र जारी गर्ने नेपालका अस्पताल, खोप प्रमाणपत्र र हस्ताक्षरको नमुना नेपालस्थित सबै कूटनीतिक नियोग र विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरुमा पठाई सकिएकोले प्रमाणीकरण गर्न नपरेको विभागले स्पष्ट पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्