काठमाडौं उपत्यकामा थपिए १ हजार ७५ जना कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज काठमाडौं उपत्यकामा १ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ७६६ जना, १६३ जना र १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकाभर हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८७ हजार ७ जना पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्